play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

कतारमाथिको नाकाबन्दी कायम राख्ने चार अरब मुलुकको निर्णय

0

असार २२ । कतारले आफूसँगको सम्बन्ध तोडेर विभिन्न माग राख्दै आएका खाडी मुलुकलाई माग पुरा गर्न नसक्ने जवाफ पठाएपछि चार मुलुकले कतारमाथिको प्रतिबन्ध कायम राख्ने निर्णय गरेका छन् । कतारमाथि ‘आतंकवादलाई पोषण गरेको’ आरोप लगाउँदै खाडी मुलुकले ऊसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेका थिए । लगत्तै ती मुलुकले कतारमाथि विभिन्न प्रतिबन्ध लगाएका थिए । तर हालै आफ्ना माग पुरा गर्न उनीहरुले दिएको समयसीमा सकिदा समेत कतारबाट सकारात्मक जवाफ नआएको भन्दै प्रतिबन्ध कायम राख्नेमा चार मुलुक सहमत भएका छन् । कायरोमा साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो । ती मुलुकले आफ्ना मागका बारेमा कतार गम्भीर नभएको आरोपसमेत लगाएका छन् ।

Share.

Leave A Reply