play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने फुटबलर बन्न सफल

0

भदौ २९, बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् ।फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए ।फोर्ब्सको अनुसार मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ ।लिभरपुलका मोहमद सलाह ३७ अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन् ।

Share.

Leave A Reply