play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

सडक दुर्घटनामा घाईते भएका क्रिकेटर ललितको थप उपचार ग्राण्डी अस्पतालमा हुदै

0

भदौ २९, सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको थप उपचार काठमाडौंको ग्राण्डी अस्पतालमा सुरु भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले ललितको थप उपचार ग्राण्डी अस्पतालमा सुरु भएको जनाएको छ ।क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्यानको फेसबुक पेजमा एक विज्ञप्ति निकाल्दै नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ललितलाई आज नै काठमाडौं ल्याएर ग्राण्डी अस्पतालबाट थप उपचार सुरु गरिएको बताएका छन् ।आईतबार राति धनगढीबाट महेन्द्रमगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।क्यानले ललितको अवस्था सुधारोन्मुख रहेको समेत जनाएको छ । हात र खुट्टामा गम्भिर चोट लागेकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

Share.

Leave A Reply