play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

प्रिमियर लिग : टोटेनहम र एभर्टन भिड्दै

0

भदौ २८, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) टोटेनहमले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।

सिजनको पहिलो खेलमा टोटेनहमले एभर्टनसँग खेल्न लागेको हो । टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:१५ मा सुरु हुनेछ । घरेलु मैदानमा टोटनहम सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ ।

ह्यारी केनको कप्तानीमा मैदान उत्रने टोटनहमलाई खेलाडी चोटको ठुलो समस्या छैन । डिफेन्डर टानगानगा भने थाई इन्जुरीको कारण टिममा छैनन् ।

तर, जोसे मोरिन्होको टिमलाई बलियो एभर्टनविरुद्ध कठिन भने हुनेछ । एभर्टन पनि जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

कार्लो एन्सेलोटीको टिम एभर्टनले हालै अनुबन्ध गरेको फरवार्ड जेम्स रोड्रिगेजलाई मैदान उतार्ने संभवाना छ । एभर्टनले जेम्सलाई रियल मड्रिडबाट अनुबन्ध गरेको हो ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लेष्टर सिटीले वेस्ट ब्रुमसँग खेल्नेछ । वेस्ट ब्रुमको मैदानमा हुने खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुनेछ ।

लेष्टर घरेलु टोलीलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । वेस्ट ब्रुम पनि सुखद सुरुवात गर्न चाहन्छ ।

Share.

Leave A Reply