play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

कोरोना भाइरसका कारण पुष्प व्यवसायको साढे ६ अर्ब लगानी जोखिममा

0

भदौ २७ , काठमान्डौँ कोरोना भाइरसका कारण पुष्प व्यवसायको साढे ६ अर्ब लगानी जोखिममा परेको छ । बिस्तारै उकालो लाग्दै गरेको पुष्प व्यवसाय कोरोना भाइरसको सङ्क्रमणका कारण फेरि जोखिममा पर्न थालेको छ ।

मुख्य सिजनमा नै भएको लकडाउन निषेधाज्ञा लगायतका कारण उत्पादन भएका फूल त्यसै खेर गएको छ भने लगानी नउठ्दा व्यवसायी पलायन हुन थालेका छन् । अहिले सबैभन्दा धेरै कट्फ्लावरमा नोक्सानी भएको फ्लोरिकल्चर एसोसिएशन अफ नेपालले जनाएको छ । कट्फ्लावरले बजार नपाएपछि २० प्रतिशतले रोजगारी गुमाएका छन् ।

कट्फ्वारमा मात्रै व्यवसायीको साढे २ अर्बभन्दा धरै लगानी छ । यसअघि कट्फ्लावरबाट वार्षिक एक अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले प्रायः शून्य रहेको फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष कुमार कसजुले बताउनुभयो । कोरोनाका कारण पर्यटन वर्ष स्थगित हुनुका साथै सभा सम्मेलन र मठ मन्दिर बन्द हुँदा व्यवसायीको लगानी जोखिममा परेको हो ।

कट्फ्लावरको उत्पादन भइरहे पनि खुद्रा पसल बन्द हुँदा त्यसै फाल्नु परेको पुष्प व्यवसायीले बताएका छन् । नेपालमा भारत र युरोपेली देशबाट कट्प्लान्ट ल्याएर कट्फ्लावरको उत्पादन हुँदै आएको छ ।

कट्फ्लावरका लागि आधुनिक पूर्वाधारको निमार्ण गर्नु पर्ने भएकाले यो व्यवसाय अन्य पुष्प खेतीको तुलनामा खर्चिलो हुने व्यवसायीले बताएका छन् ।

Share.

Leave A Reply