play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

मनसुन सक्रिय-देशैभर वर्षा-चितवन, नवलपरासी आसपासका क्षेत्रमा भारी वर्षा हुने सम्भाबना

0

असार २०, मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षा भएको छ। एक साताअघि मनसुन सक्रिय भएपनि वर्षा हुनसकेको थिएन।

वर्षा नहुँदा रोपाइँ गर्न समस्या भएको थियो। गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरिनै फैलिएको छ।
हिजो देखि मनसुन पुनः सक्रिय भई उपत्यकासहित देशैभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन न्यूनचापीय रेखा साधारण रहने स्थानभन्दा उत्तरतिर सरेकाले केही दिनयता मनसुनी वर्षा राम्रो भइरहेको मौमसविद् सुवास रिमाल बताउनु भयो । उँहाका का अनुसार बङ्गालको खाडीबाट आउने जलबास्प पूर्वी वायुले देशको प्रायःसबै ठाउँमा वितरण गरेको छ, यसले गर्दा देशभरनै वर्षा गराउने जलबास्प प्रशस्त मात्रमा देखिएको छ ।

मध्यतराईमा भारी वर्षा हुने

भारतको पूर्वी उत्तर प्रदेशमा न्यूनचापीय क्षेत्र विकास भएको छ। यसको गति उत्तर पश्चिमतिर रहेकाले आज, भोलि र पर्सी देशभर बदली र वर्षा हुने मौसमी अनुमान छ।

अहिले पूर्वी उत्तर प्रदेशमा घना बादल विकास भइरहेको र यसको असर स्वरुप आज दिनभर र राति देशका मध्यतराई चितवन, नवलपरासी, बारालगायत आसपास क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् रिमालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply