play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

चितवन–मुग्लिन सडक निर्माणको काम तिव्रताकासाथ अघि वढाउन संसदको विकास समितिको निर्देशन

0

असार २० । संसदको विकास समितिले चितवन–मुग्लिन सडक निर्माणको काम तिव्रताकासाथ अघि वढाउन निर्देशन दिएको छ ।मंगलबार सिंहदरवारमा बसेको समितिको वैठकले कम्तिमा दुई महिना उक्त सडक खण्डमा रातीको समयमा आवागमन वन्द गरी निर्माण कार्यलाई तिव्रता दिन भनेको हो ।यस्तै, मुआव्जा नपाएकाहरुलाई मुआब्जा उपलव्ध गराउन समितिले सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।बैठकमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले मुआव्जाको व्यवस्था छिटो हुन नसक्दा निर्माण कार्यले तिव्रता नपाएको जानकारी गराए ।
उनले करिब दुई महिनासम्म यातायात आवतजावतमा कठिनाई उत्पन्न हुने बताए ।समितिका सदस्यहरुले बहानामा मुग्लिन नारायणघाट सडक निर्माणको काम नरोक्न भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

Share.

Leave A Reply