play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आज हरिशयनी एकादशीः व्रत, पूजापाठ गरी मनाइँदै

0

असार २० । आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी मनाइन्छ ।ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलबाट आजै बिरूवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरू गरिन्छ । कात्र्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नुहुने भएकाले त्यस दिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ ।चतुर्मास समेत भनिने यी चार महिनामा तुलसीको पूजा गरे मनकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । असारदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ ।जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रूपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने गरिएको भनाइ पनि छ ।
वैज्ञानिक रूपमा बढी अक्सिजन दिने भनी प्रमाणित भएको तुलसीलाई आयुर्वे्दिक औषधिका रूपमा समेत उपयोग गरिन्छ । वैदिक कालदेखि नै पिपल, कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक स्वरूप पवित्र मानिन्छ ।

Share.

Leave A Reply