play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बस दुर्घटनाहुँदा तीन जनाको मृत्यु / ५ जनाको घाईते

0

असार २०। चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा यात्रुबाहक रात्रि बस दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ५ जनाको घाईते भएका छन् ।तीन महिने शिशुसहित प्रहरी जवान र चालकको मृत्यु भएको हो । काठमाडौँबाट धनगढी जानका लागि हिँडेको ना ६ ख ६४६८ नम्बरको बस अनियन्त्रित भई नालातर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते मध्ये २ को अवस्था गम्भीर छ ।दुर्घटनामा प्रहरी जवान राजकुमार चौधरी र उहाँकी ३ महिने छोरीको मृत्यु भएको हो ।उहाँकी श्रीमतीको अवस्था गम्भीर भएको चितवनका प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत चौधरी बिदा मनाउन घर कैलाली जाने क्रममा दुर्घटनामा पर्नु भएको हो ।उनीहरुलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रेफर गरिएको प्रहरीले जनाएको छ । बसमा रहेका २७ जना मध्ये २३ जना सामान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण बस दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply