play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

नेपाल आइडल फाइनल छायाँकनको क्रममा एक जनामा कोरोना संक्रमण

0

भदौ १३, तेस्रो सिजनको नेपाल आइडलको फाइनल प्रतिस्पर्धा छायाँकनको क्रममा एक जनाको कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएपछि एपी वान टेलिभिजनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका छन् ।
सहभागि मध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि बीचमै कार्यक्रम रोकेर प्रतिस्पर्धी बिना नै डिजिटल विजेता घोषणा गरिएको हो । कार्यक्रममा सहभागि सबै सेल्प आइसोलेसनमा बसेका छन् । क्याप्टेन थापाले तेस्रो सिजनको विजेता सज्जा चौलागाई भएको घोषणा गरे । यस्तै फस्ट रनरअप प्रविण बेडवाल र सेकेण्ड रनरअप किरण भुजेल भएका छन् ।नेपाल आइडल बन्न सफल चौलागाईले ५० लाख, फस्ट रनरअप बेडवालले १० लाख र सेकेण्ड रनरअप भुजेलले ५ लाख प्राप्त गरेका छन् ।

Share.

Leave A Reply