play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

नवनिर्वाचित मेयरले गरे सरकारी सुविधा नलिने घोषणा

0

असार १८ । नवलपरासीको सुनवल नगरपालिकामा नवनिर्वाचित मेयर भीमबहादुर थापाले आफूले पाउने सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।मतदाताहरुसँग गरेको प्रतिबद्धताअनुसार थापाले विजयी भएलगत्तै आफूले पाउने तलबभत्ता सुविधा नलिने घोषणा गरेका हुन् ।आफूले पाउने तलबभत्तासहित कुनैपनि आर्थिक सुविधा नलिने र उक्त रकम अशक्त र असहायका लागि खर्च गर्ने बताए ।नगरपालिका क्षेत्रभित्र रहेका अशक्त र असहायहरुका लागि छुट्टै कोष खडा गरेर उनीहरुको हेरचाहका लागि रकम खर्च गर्ने थापाको भनाइ छ ।नेपाली कांग्रेसबाट निर्वाचित थापा उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य पनि हुन् ।उनले नेकपा एमालेकी विमला पौडेललाई पराजित गरेका थिए ।

Share.

Leave A Reply