play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

त्रिशूलीमा खसेका रञ्जनको उद्धार

0

असार १८ – चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै त्रिशूलीमा खसेर बेपत्ता भएका रञ्जन चापागाईंको उद्धार भएको छ । उहाँका सडकबाट त्रिशूली नदीमा खसेको खबर पाउना साथ उद्धारका लागि प्रहरीको टोली खटिएको थियो ।प्रहरीका अनुसार खसेको ठाउँबाट केही तल नदी किनारबाट उद्धार गरिएको हो । बिवाहका लागि काठमाडौंबाट नवलपरासीको दलदले छुटेको लु १ ख ९८८१ नम्बरको गाडीमा जन्तीसँगै रहेका रञ्जन चापागाईं चिप्लिएर बिहान पौने ६ बजेतिर त्रिशूली नदीमा खस्नु भएको थियो ।उहाँलाई सामान्इ चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गाडीबाट ओर्लिएर पिसाब फेर्न गएका उहाँ चिप्लिनु भएको प्रहरीको भनाई छ ।

Share.

Leave A Reply