एकै दिन प्रतितोला चौबीस सयले बढ्यो सुनको मूल्य

0

साउन,२९।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले बढेको छ । बुधबार प्रतितोला रु ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला रु ९७ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९४ हजार ९०० बाट बढेर रु ९७ हजार ३०० पुगेको छ ।तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला रु एक लाख तीन हजार पुगेको थियो ।चाँदीको मूल्यमा पनि प्रतितोला रु ८५ वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।रासस

Share.

Leave A Reply