विश्वभर एकैदिन २ लाख ७५ हजार भन्दा बढीमा कोरोनो संक्रमण

0

श्रावण,२९।
कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ । कोरोनाको महामारीले बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड ७ लाख ८६ हजार ८५५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६५१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५१ हजार ५६० पुगेको छ । १ करोड ३६ लाख ८९ हजार ९७६ जना संक्रमणमुक्त भएका छन् ।

Share.

Leave A Reply