play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

राप्ति नगरपालिकाका ६ सहित चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

0

साउन २८, चितवनमा आज साँझ थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा राप्ती नगरपालिका वडा नं.६ का मात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा २० देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । उनीहरु सबै क्वारेन्टिनमै रहेको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
यस्तै भरतपुर महानगरपालिका–७ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रत्ननगर अस्पतालबाट स्वाब परीक्षण गराएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज कुल २०३ वटा नमुना परीक्षण गरिएको थियो ।मंगलबार गरिएको परीक्षणमा भने चितवनका १६ जनासहित २१ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share.

Leave A Reply