play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चितवनका ६ जनासहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि :चितवन प्रहरीको थुनुवा कक्ष शिल

0

साउन २४, चितवनका ६ जनासहित ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ जना र २ जना बाहिरी जिल्लाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–१ का ६ वर्षीय बालक, वडा नं.४, १० र १५ का २० देखि ४८ वर्ष उमेर समूहका चार पुरुष र एक महिला रहेका छन् । जसमध्ये एक जना प्रहरी र एक जना थुनुवा समेत रहेका छन् । यस्तै संक्रमित महिला भने चितवन मेडिकल कलेजमा उपचाररत थिइन् ।यस्तै सुर्खेत पिठगाउँ–२ का २२ वर्षीय प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपुर गैंडाकोट नगरपालिका–१५ का ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टिनमा बसेका थिए ।

चितवन प्रहरीको थुनुवा कक्ष शिल
दुई जना प्रहरी र एक थुनुवामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय चितवनको थुनुवा कक्ष शिल गरिएको छ ।संक्रमण पुष्टि भएलगत्तै थुनुवा कक्ष शिल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले जानकारी दिए २० वर्षीय थुनुवा युवकलाई कोरोना संक्रमण देखिएपछि थुनुवा कक्षको सुरक्षामा खटिएका १० जना प्रहरी जवानलाई क्वारेन्टिनमा राखिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए ।उनीहरुको आइतबार स्वाब संकलन गरिने एसपी गुरुङले जानकारी दिए ।

Share.

Leave A Reply