महोत्तरीमा पोखरीमा डुबेर बालककाे मृत्यु

0

साउन २१ , जनकपुरधाम । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका-१ शर्मा चोक बस्ने १३ वर्षीय सुदीप महतो रहेका छन् । घर नजिकै रहेको पोखरीमा भैंसी पखाल्न पस्दा उनी पोखरीमा डुब्न पुगेको प्रहरीले जनाएको छ ।

शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र यसबारेमा थप बुझ्ने काम भइरहेको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

Share.

Leave A Reply