play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो, बाटो दुई तर्फि नै सन्चालन

0

असार १७,
झण्डै ३४ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा पहिरो खसेपछि हिजो बिहान ८ बजेदेखि बाटो अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि आज साँझ साढे ६ बजेबाट बाटो खुलेको चितवन प्रहरीले सिनर्जीलाई जानकारी दिएको छ । बाटो दुई तर्फि नै सन्चालनमा आएको छ ।
हिजो बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको थियो ।
बाटो अवरुद्ध भएपछि बिचबाटोमै अलपत्र परेका सवारी साधन र त्यसमा सवार यात्रुहरु गन्तव्यमा लागेका छन् । कतिपय गाडीहरु हेटौंडाको बाटो हुँदै आवत(जावत गरे पनि गाडीको चापले सो सडकमा पनि घण्टौं जाम हुने गरेको छ । काठमाडौंबाट पश्चिम तर्फका लागि छुटेका कतिपय गाडीहरु मुग्लिन, पोखरा, स्याङ्जा, पाल्पा हुँदै बुटवल पुगेर जाने गरेका थिए ।

Share.

Leave A Reply