play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

सिमेन्ट र किलिंकर आयातमा भारी गिरावट

0

साउन २०, काठमाडौं । गत आर्थिक बर्ष २०७६÷७७ मा सिमेन्ट आयात ६५.४० प्रतिशतले घटेको छ । सिमेन्टको आन्तिरिक उत्पादन बढेपछि आयात पनि घटेको हो ।
व्यापार तथा निर्यात प्रवद्र्धक केन्द्रको तथ्यांकअनुसार गत आवमा ४५ करोड ४१ लाख १६ हजारको सिमेन्ट आयात भएको छ । अघिल्लो आव २०७५÷७६ मा रू. १ अर्ब ३१ करोड २९ लाख २३ हजारको सिमेन्ट आयात भएको थियो ।
यस्तै, समिक्षा बर्षमा सिमेन्ट किलिंकर आायत पनि ६२.२ प्रतिशतले घटेको छ । गत आवमा ११ अर्ब ६७ करोड ८७ लाख रुपैयाँको किलिंकर आयात भएको छ । अघिल्लो आव भने ४ अर्ब ४१ करोड ४३ लाखको किलिंकर आयात भएको थियो ।

Share.

Leave A Reply