play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

चितवनमा आज यस वर्षकै उच्च गर्मी, तापक्रम ३५ डिग्री पुग्यो

0

साउन २०, चितवन । चितवनमा आज (मंगलबार) यसबर्षकै सबैभन्दा धेरै गर्मी भएको छ । भरतपुर नागरिक उड्यान कार्यालयले दिएको जानकारी अनुसार आजको तापक्रम यसबर्षकै सबैभन्दा धेरै ३५ डिग्री सेल्सियस पुगेको छ । चितवनमा सोमबारदेखि गर्मी बढ्दै गएको हो । सोमबार चितवनको तापक्रम ३४ डिग्री सेल्सियस रेहेको थियो । यसबर्ष धेरै गर्मी नभएको महशुस गरिएको थियो ।

चितवनमा अधिकतम ४० डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ । गर्मी बढ्न थालेपछि चितवनको जनजीवन प्रभावित बन्न थालेको छ । तापक्रम बढ्दै गएपछि दिउँसोको समयमा मानिसहरुलाई हिडडुल गर्नसमेत समस्या हुन थालेको छ । मध्य तराईमा पर्ने चितवन गर्मी हुने जिल्लामध्य पर्छ । यही महिना लगातारको बर्षाका कारण बाढी र पहिरोले जनजिवन प्रभावित बनाएको थियो ।

Share.

Leave A Reply