play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

खानेपानी माग गर्दै वडा कार्यालयमा तालाबन्दी

0

साउन १८, खुरखुरे । राप्ती नगरपालिका वडा नं ८ पाख्रिवासका स्थानीयबासीले खानेपानीको माग गर्दै वडा कार्यालय र खानेपानी उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन । धारा जडानको लागि पैसा बुझाएको चार बर्ष वितिसक्दा पनि पानी नपाएपछि वडा नं ८ को कार्यालय र साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

खानेपानीका लागि पाख्रिवासका ३६ घरधुरीले सो संस्थामा चार बर्ष अघि धारा जडान शुल्क बापत जनही १० हजार रुपैयाँ बुझाएका थिए । पाख्रिवासमा अर्को स्क्रिम टु खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजना निर्माण सुरु गरेपछि साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ३६ घरधुरीमा पानी वितरण गरेको थिएन ।

पाख्रिवासमा निर्माणाधीन खानेपानी आयोजना समयमै सम्पन्न हुन नसकेका कारण पाख्रिवासबासीले पानी उपभोग गर्न पाएका छैनन । ३६ घरधुरीलाई खानेपानी उपलब्ध गराउने विषयमा वडा कार्यालय र साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वेवास्था गरेका कारण दुई वटा कार्यालयमा एकै दिन तालाबन्दी गरिएको स्थानीय विष्णुहरि ढकालले बताए ।

पैसा बुझाएर पनि खानेपानी पाइएन उनले भने पैसा तिर्दा पनि पानी नपाउने यो कस्तो नियति हो । ढकालले दुई खानेपानी संस्थाको टकराबका कारण पाख्रिवासबासीले खानेपानी नपाएको उनका भनाई छ ।

Share.

Leave A Reply