play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

कोरोनाविरुद्ध लड्न छिमेकी देशहरु चीनको प्राथमिकतामा : खोप तयार हुनेवित्तिकै नेपाल पठाइदिने

0

साउन १३, काठमाडौं । चीनले कोभिड १९ संग जुध्न नेपाल सहित छिमेकी राष्ट्रहरुलाई सहयोगका लागि उच्चतम सूचीमा राखेको बताएको छ ।

छिमेकी मुलक नेपाल, अफगानिस्तान, र पाकिस्तानका परराष्ट्रमन्त्रीहरु संगको भर्चुअल भिडियो कन्फरेन्समा बोल्दै चीनका बिदेशमन्त्री वाङ यीले कोभिड १९ संग जुध्न नेपालसंग पनि निकट सहकार्य भइरहेको जानकारी दिनुभयो ।

चीनका बिदेशमन्त्री वाङ यीले कोभिड १९ लाई परास्त गर्न बहुपक्षीय प्रयास आवश्यक रहेको बताउँदै कोरोना बिरुद्धको खोप धमाधम बन्ने क्रममा रहेको र तयार हुने बितिकै छिमेकी मुलुकहरुमा पुर्याउने बचन दिनुभयो ।

बैठकमा सम्बोधन गर्ने क्रममा चिनियाँ बिदेशमन्त्री यीले नेपालले कोरोनासंग जुध्न सही उपाय अपनाएको भन्दै परिस्थिती सरकारको नियन्त्रणमा रहेको प्रष्ट पार्नुभयो ।

चीनले कोभिड १९ को महामारी पछी पहिलो पटक आयोजना गरेको भिडियो कन्फरेन्समा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोनाको स्थिती बारे जानकारी गराउनु भएको थियो ।

Share.

Leave A Reply