play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

विश्वमा एक करोडभन्दा धेरैले कोरोनालाई जिते, ‘प्रति १० लाखमा ८४ जनाले ज्यान गुमाउँदै’

0

साउन १२, काठमाण्डौ ।  विश्वमा एक करोडभन्दा धेरैले कोरोना भाइरसकाे सङ्क्रमणलाई जितेका छन् ।

अहिलेसम्म एक करोड ५६ हजार दुई सय ८८ जनाले कोरोनालाई जितेका वल्डाेमिटरले जनाएको छ । आइतबार एकैदिन एक लाख ३५ हजार ४२ जनाले कोरोनालाई जितेका थिए ।

पछिल्लो समय सङ्क्रमणको दरसँगै निको हुनेको दर पनि बढिरहेको छ । शनिबार झण्डै दुई लाख जना उपचारपछि निको भएका थिए । विश्वमा अहिलेसम्म एक करोड ६४ लाख ३० हजार ६ सय ६६ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यसमध्ये एक करोडभन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले ५७ लाख २१ हजार आठ सयभन्दा धेरै सक्रिय सङ्क्रमित छन् भने ६६ हजारभन्दा धेरैको अवस्था गम्भीर छ ।

अहिलेसम्म मृत्युदरलाई हेर्दा प्रति कुल जनसङ्ख्याकाे १० लाखमा ८४ जनाको ज्यान जाने गरेको देखिएको छ ।

Share.

Leave A Reply