play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

राखेपकाे सदस्य सचिवमा सिलवाल

0

साउन १२, काठमाण्डाै – सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवालसहित तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रस्ताव गरेको नाममा मन्त्रिपरिषद्ले सिलवाललाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । समितिले सदस्य सचिवका लागि सिलवालसहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।

सदस्य सचिवमा नियुक्त भएका सिलवाल राखेपकै पूर्वसदस्य सचिव हुन् । कार्यकाल बाँकी रहे पनि नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि उनी स्वतः पदमुक्त भएका थिए ।

Share.

Leave A Reply