play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

राखेप सदस्य सचिव नियुक्तिको तयारी

0

साउन १२ , काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको नियुक्ति सोमबार हुने सम्भावना रहेको छ । युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले सिफारिस गरेको तीन जनाको नाम मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरिसकेको छ ।

अब सोमबार बस्ने मन्त्रिपरिषद बैठकले त्यसबाट एक जनालाई सदस्य सचिव नियुक्त गर्ने सम्भावना छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले मन्त्रिपरिषद बैठक सोमबार बेलुका ५ बजे बस्ने जानकारी दिए । उनले नयाँ सदस्य सचिवको चयन हुने सम्भावना धेरै रहेको पनि बताए ।

नयाँ खेलकुद ऐन राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै असार १८ गतेदेखि कार्यान्वयनमा आएपछि राखेपका सदस्य सचिवलगायत सदस्यहरु पदमुक्त भएका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार नयाँ प्रकियाबाट सदस्य सचिव चयन गरिन लागेको हो । युवा तथा खेलकुदमन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा बनेको सदस्य सचिव सिफारिस समितिले निवरतमान सदस्य सचिव रमेश सिलवाल, लिलबहादुर थापा मगर र अन्जु श्रेष्ठ गरी ३ जनाको नाम सर्टलिस्ट गरेर मन्त्रालयमा सिफारिस गरेको थियो ।

अब त्यही तीन जना मध्ये एक जनालाई मन्त्रिपरिषदले सदस्य सचिव नियुक्त गर्नेछ । सिफारिस समितिले सदस्य सचिवका लागि दरखास्त पेश गर्न एक साताको समय तोकेको थियो । जसमा २७ जनाले आवेदन दिएका थिए । त्यसबाट समितिले ३ जनाको नाम सिफारिस गरेको हो ।

अब बन्ने सदस्य सचिव राखेको १९औं सदस्य सचिव हुनेछन् । यदि सिलवाल नै सदस्य सचिवमा चयन भएमा भने पुरानै अनुहार दोहोरिने छ । समग्रमा भने अब आउने सदस्य सचिव कार्यकालको हिसाबले २१ औं हुनेछ ।

सकुन्तला नगरकोटीले कार्यवाहक सदस्य सचिवको भूमिका निर्वाह गरेकी थिइन् ।

Share.

Leave A Reply