play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

सुनको मूल्य नयाँ रेकर्ड, एकैदिन तोलामा १३ सय बढ्यो

0

साउन ०७, काठमाडौं ।  सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ । बुधबार एकै दिन तोलामा१३ सय वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ ।

बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।

Share.

Leave A Reply