बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने

0

साउन २ , काठमाडौं । बैङ्कका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्ने घोषणा गरेको थियो ।

गभर्नर अधिकारीले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैङ्कको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए ।

विकास बैङ्कको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने नयाँ मौद्रिक नीतिमा उल्लेख छ। आगामी आर्थिक वर्षमा बैङ्क गाभ्न प्रोत्साहन गर्ने र सहुलियत कर्जाको दायरा बढाइएको समेत गभर्नर अधिकारीले जानकारी दिए।

Share.

Leave A Reply