play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

नारायणीले कटान गरेको क्षेत्रको प्रचण्डद्धारा निरीक्षण,दिर्घकालिन तटबन्ध गर्ने प्रतिबद्धता

0

असार २७ , चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदिले कटान गरेको क्षेत्रको निरीक्षण गर्नुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरे चोक नजिकैको स्पर नारायणीले बगाएपछि सो क्षेत्रको अध्यक्ष दाहालले स्थलगत निरीक्षण गर्नुभएको हो । त्यहाँ रहेका पाँच स्परमध्ये शुक्रबार मात्रै एउटा स्पर नदीले बगाएको छ ।

सो क्रममा अध्यक्ष प्रचण्डले तटबन्धको काम तिब्र पार्न निर्देशन दिनुभयो । उहाँले नेपाल आर्मी र प्रहरीलाई कटान रोक्ने काममा सहयोग गर्न आग्रह गरेको बताउनुभयो । अहिले सो क्षेत्रमा नेपाली सेनाले कटान नियन्त्रणको काम गरिरहेको छ । उहाँले आगामी आर्थिक बर्षबाट दिर्घकालिन योजनाका साथ तटबन्धनका काम हुने प्रतिबद्धता जनाउनुभयो । सँगै प्रचण्डले चितवन आउनुअघि प्रधानमन्त्री केपी ओलीसँग बाढी र पहिरोले क्षति पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल भएको र फेरि काठमाडौं फर्किएपछि छलफल हुने बताउनुभयो ।

भरतपुर महानगरपालिकाको १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् ।

Share.

Leave A Reply