play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

आफन्तको कुटाइबाट रौतहटका एक युवाको मृत्यु

0

 असार २४  , काठमाडौं । आफन्तको कुटाइबाट रौतहटका एक युवाको सर्लाहीमा मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका ६ का ३५ वर्षिय अशोक यादवको सर्लाहीमा मृत्यु भएको डिएसपी मदन कुंवरले जानकारी दिनुभयो ।

लेनदेनबारे छलफल गर्न अशोक यादव मंगलबार साँझ आफन्तको घर सर्लाहीको बलरा नगरपालिका गएका थिए ।

लेनदेनकै बिषयमा भनाभन हुँदा उनीमाथि कुटपिट भएको थियो । कुटाइबाट उनको घटनास्थलमै मृत्यु भएको डिएसपी कुंवरले बताउनुभयो ।

मृतकको शव आज पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । घटनामा संलग्न सर्लाहीका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply