play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

माडीका ४ गरि चितवनमा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

0

असार २३, चितवनका थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज गरिएको परीक्षणमा माडीका चार जना र रत्ननगरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।प्रयोगशालाका अनुसार संक्रमित हुने व्यक्तिहरुमा माडी नगरपालिका–२ का ४४ वर्षीय पुरुष, माडी नगरपालिका–६ का २४, २६ र ४५ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै रत्ननगर नगरपालिका–७ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । उनीहरु पाँच जना नै क्वारेन्टिनमा रहेका छन् ।भरतपुरमा आज २२३ वटा नमुनाको परीक्षण गरिएको थियो । बाँकी २१८ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

Share.

Leave A Reply