play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

मतदान केन्द्रमा फालेको बम हबल्दारले टिपेर फाले, पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

0

१४ असार, दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् ।मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए । साथै रानालाई पुरस्कृत गर्ने उनले बचन दिएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बासमा बिहान मतदान भइरहेको बेला अज्ञात समूहले बम प्रहार गरेको थियो । मतदान केन्द्रको सुरक्षामा खटिएका प्रहरी हबल्दार रानाले उक्त बमलाई समातेर तत्कालै जंगलतर्फ फ्याकेर सम्भावित दुर्घटना हुनबाट बचाएका थिए । उनले बम फ्याँकेको केही मिनेटमै ठूलो आवाजका साथ बम बिष्फोट भएको थियो ।दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले सुतरी बम भुइँमा खस्नेबित्तिकै हबल्दार रानाले टिपेर मतदान केन्द्रभन्दा बाहिर फालेको जानकारी दिए ।बम प्रहार गर्नेको पहिचान भएको छैन । तर, निर्वाचन विरोधी गतिविधि गर्दै आएको विप्लव निकट नेकपाले बम प्रहार गरेको हुनसक्ने अनुमान गरिएको छ ।

Share.

Leave A Reply