play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भोलि असार १५ को अवसरमा सिनर्जी fm ले बिशेष कार्यक्रम गर्ने

0

असार १४, मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन भोलि देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ ।रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।विश्वको जनसङ्ख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । यसैबिषयमा भोलि चितवनको पहिलो रेडियो स्टेसन सिनर्जी fm ९१.६ mhz ले असार १५ बिशेष कार्यक्रम गर्ने भएको छ भोलि बिहान ८ बजे देखि दिनभरी नै चितवनका विभिन्न स्थानहरुबाट असार १५ बिशेष कार्यक्रम अन्तर्गत कृषकहरुको खेतमा गएर प्रत्यक्ष प्रशारण गरिने छ

Share.

Leave A Reply