play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

पारसनगरमा भाईलाई लिन क्वारेन्टाईन पुगेका दाईको शरीरमा आगो लाग्यो……….

0

असार २० गते, भरतपुर ।

क्वारेन्टाईनमा रहेका व्यक्तिको सामान नष्ट गर्ने क्रममा भरतपुरमा एक जनाको शरीरमा आगो लागेको छ । क्वारेन्टाईन भित्र प्रयोग भएको काम नलाग्ने सामान नष्ट गर्ने क्रममा भरतपुर महानगरपालिका वडा नम्बर ६, केशरबाघका सुर्य अम्गाईको शरीरमा आगो लागेको हो ।
जापान बाट आएका भाईले क्वारेन्टाईनको अवधि पुरा गरेपछि शनिबार भाईलाई लिन उनी भरतपुर ६ को शहिद स्मृती मावि पारसनगरमा रहेको क्वारेन्टाईनमा पुगेका थिए । क्वारेन्टाईनमा रहदा भाईले प्रयोग गरेका सामाग्री नष्ट्र गर्ने क्रममा छर्किएको पेट्रोल आफ्नै शरिरमा पर्दा अम्गाईको छाति माथिको भाग जलेको थियो । चितवन मेडिकल कलेजमा उपचार गराएर अहिले उनलाई घर ल्याईएको उनी बसोबास गर्दै आएका आकृती टोल विकास संस्थाका अध्यक्ष माहन सिंह गुरुङ्गले जानकारी दिए ।

Share.

Leave A Reply