play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

खैरहनी नगरपालीकाले पाँच लाख पाउने

0

सिनर्जी डेक्स , असार १७ गते ।
भरतपुर ।

युवा मैत्री स्थानिय तह प्रोत्साहन कार्यक्रमा चितवनको खैरहनी नगरपालिका छनोट भएको छ । युवा मैत्री स्थानिय तह विकासका लागी मुल्यांकनमा बागमती प्रदेश बाट उच्च अंक प्राप्त गर्दै खैरहनी नगरपालिका छनोट भएको हो ।

छनोट भएको स्थानीय तहले युवा लक्षित क्रार्यक्रम सञ्चालनका लागी पाँच लाख रुपैयाँ प्रोत्साहन रकम प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख डाक्टर बाबुराम ढुंगनाले बताउनु भयो । युवा मैत्री स्थानिय तह विकास कार्यक्रमले सातै वडा प्रदेश बाट एक÷एक स्थानीय तहलाई छनोट गरेको थियो । जस अनुसार बागमती प्रदेश बाट चितवनको खैरहनी नगरपालीका, प्रदेश नं. १ बाट उदयपुरको चौदण्डीगढी नगरपालिका, प्रदेश नं. २ बाट महोत्तरीको बर्दीवास नगरपालिका, गण्डकी प्रदेश बाट कास्कीको रुपा गाँउपालिका , ५ नं. प्रदेश बाट दाङको तुलसीपुर उप– महानगरपालिका ,कर्णली प्रदेश बाट दैलेखको महावु गाँउपालिका र सुदूर पश्चिम प्रदेश बाट कञ्चनपुरको वेलौरी नगरपालिका छनोट भएका छन् ।

Share.

Leave A Reply