play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर अंक तालिकाको पाँचौ स्थानमा

0

असार १७ , एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ३-० को सहज जित निकाल्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । युनाइटेडको जितका लागि मसोन ग्रीनवुडले एक तथा ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।

खेलको १६ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनले आरोन वन बिसाकाको पासमा गोल गर्दै अग्रता दिलाएक हुन् ।

खेलको २९ औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । उनले पाउल पोग्बाको पासमा गोल गर्दै पाहुना टोलिलाई पहिलो हाफम २-० को अग्रता दिलाएका हुन् ।

दोस्रो हाफमा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३-० को अग्रता दिलाए । खेलको ५० औं मिनेटमा ग्रीनवुडको पासमा गिल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाएका हुन् ।

जितसँगै तालिकाको पाँचौ स्थानमा उक्लिएको युनाइटेडले ३२ खेलबाट ५२ अंक जोडेको छ । समान खेल खेलेको ब्राइटन ३३ अंकसहित १५ औं स्थानमा छ ।

Share.

Leave A Reply