play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

चितवनको सत्रकिलोमा स्करपियो र ग्यास बुलेटको ठक्कर बाट एकको मृत्यु

0

भरतपुर ,असार १५ ।

चितवनको सत्रकिलोमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज साँझ मुङलीनबाट नारायणगढतर्फ आउदै गरेको स्करपियो, विपरीत दिशाबाट आउदै गरेको ग्यास बुलेटसँग ठक्कर खाँदा हैटैडा ५, मकवानपुरकी ४८ बर्षिय प्रभा गौतमको मृत्यु भएको हो । दुर्घटनामा उनीसँगै सवार अन्य ४ जना घाईते भएका छन् जसमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ । घटनामा परि गम्भीर घाईतेहुनेहरुमा सोही ठाँउ बस्ने स्करपियो चालक ४८ बर्षिय राजन घिमीरे र सोही ठाँउ बस्ने २५ बर्षका अनुज धिताल रहेका छन् । ५३ बर्षिय कृष्ण धिताल र २७ बर्षकी बर्षा धितालको अवस्था सामान्य रहेको छ । घाइते सबैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । दुर्घटनामा क्षति भएका एन एल ०१ क्यु ५१०६ नंको ग्याँस बुलेट र बा १३ च ५९२९ नंम्बरको स्करपियो दुर्घटनास्थल भरतपुर २९ को सत्रकिलोमा नै रहेका छन् । सवारी दुर्घटनापछि ग्याँस बुलेटका चालक फरार भएका छन् ।

Share.

Leave A Reply