play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

ललितपुरमा कोरोना सङ्क्रमित एक जनाको ज्यान गयो

0

असार १५, ललितपुर – ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ ।
स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी नै छ ।

Share.

Leave A Reply