play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

कोरोना परीक्षणका लागि १० प्रयोगशाला थपिने : स्वास्थ्य मन्त्रालय

0

असार १२ , काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि १० वटा प्रयोगशाला थप गर्ने निर्णय गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या थपिदै जाँदा स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउन देशभरका विभिन्न १० वटा अस्पतालहरुमा प्रयोगशाला थप गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, ससस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, विरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गरी कोरोना परीक्षण गर्ने जनाएको छ ।

यसअघि नेपालमा २३ वटा प्रयोगशालाहरुमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १० वटा प्रयोगशाला थप भएमा नेपालमा ३३ वटा प्रयोगशालाहरुमा कोरोना परीक्षण हुने छ ।

Share.

Leave A Reply