play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सन् २०११ मा भएको विश्वकपको फाईनल खेलमा फिक्सिङ भएको खुलासा

0

असार ०६, श्रीलंकाका पूर्व खेलमन्त्री महिन्दानन्दा अलुथगामाले सन् २०११ मा भएको विश्वकपको फाईनल खेलमा फिक्सिङ भएको खुलासा गरेका छन् ।उनले विश्वकपको फाईनलमा भारत र श्रीलंकाबीचको खेलमा फिक्सिङ भएको बताएका हुन् ।भारतको मुम्बईस्थित वानखडे स्टेडियममा महेन्द्र सिंह धोनी नेतृत्वको भारतले श्रीलंकालाई ६ विकेटले हराउँदै विश्व च्याम्पियन बनेको थियो ।
पहिलो पटक आयोजक टिमले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको थियो ।सो समय अलुथगामा श्रीलंकाका खेल मन्त्री रहेको थिए ।पूर्व खेलमन्त्रीको विवादास्पद अभिब्यक्ती आएपछि श्रीलंकाली भेट्रान खेलाडी कुमार संगकाराले प्रमाण दिन चुनौती दिएका छन् ।पूर्व खेल मन्त्री अलुथगामाले देशको प्रतिष्ठा र सम्मानका लागि आफुले तत्कालिन समयमा कुनै कुरा बाहिर नबोलेको दाबी गरेका छन् ।

Share.

Leave A Reply