play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

तोकिएकै मितिमा अफ्रिका कप अफ नेसन्स आयोजना हुने

0

असार ५, एजेन्सी । सन् २०२१ को अफ्रिका कप अफ नेसन्स फुटबल तोकिएकै समयमा आयोजना हुने भएको छ ।

कोरोना भाईरसको महामारीको कारण ठुला खेलकुद प्रतियोगिता स्थगित भईरहेको अवस्थामा ३३ औं संस्करणको प्रतियोगिता तोकिएकै मितिमा गरिने भएको हो ।

क्यामरुनमा तय भएको प्रतियोगिता आगामी जनवरी १० देखि फेब्रुवरी ८ सम्म हुनेछ ।

मिति तय भएपनि पछिल्लो समय कोरोनाको महामारी बढेसँगै प्रतियोगिता आयोजना हुनेमा अन्योलमा रहेको थियो ।

तर, अफ्रिकन फुटबल महासंघले प्रतियोगिता तोकिएकै मितिमा आयोजना गर्न प्राथमिकतामा राखिएको जनाएको छ ।

‘क्यामरुनमा हुने अफ्रिका कप अफ नेसन्स अझै जनवरी १० देखि फेब्रुवरी ८ सम्म नै आयोजना गर्ने योजना छ,’ प्रतियोगिता निर्देशक सामसन अडमुले बीबीसी स्पोर्ट्स अफ्रिकासँग भने ।

यस अघि सन् २०१९ मा भएको अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको थियो ।

Share.

Leave A Reply