play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू प्रशिक्षणमा फर्किदै

0

असार ०१, नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू लामो समयपछि प्रशिक्षणमा फर्किन थालेका छन् ।कोरोना भाईरसको कारण गरिएको लकडाउन सरकारले खुकुलो पारेसँगै काठमाडौंमा रहेका खेलाडीहरुले व्यक्तिगत अभ्यास थालेका छन् ।तीन महिना भन्दा बढी गरिएको लकडाउन खुकुलो भएसँगै खेलाडीले किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्न थालेका हुन् ।राष्ट्रिय टिमका सदस्यहरु शरद भेषवाकर, सन्दीप लामिछाने, पारस खड्का लगायतका खेलाडीले व्यक्तिगत अभ्यास सुरु गरेका छन् ।
गत चैतबाट लकडाउन लगाएको सरकारले यसै साताबाट लकडाउन खुकुलो बनाएको हो ।सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेपछि अन्य जिल्लामा समेत खेलाडीहरू मैदानमा फर्किन थालेका छन् ।राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै अभ्यासमा फर्किएको बताएका थिए ।पारसले भिडियो सार्वजनिक गर्दै आफू अभ्यासमा फर्किन पाएकोमा खुसी भएको बताएका छन् ।
यसअघि राष्ट्रिय टिममा फास्ट बलर अभिनास बोहरा एक्लै मैदानमा अभ्यास गर्दै आएका थिए ।हालै नेपाल क्रिकेट संघले समेत सामाजिक दुरी र लकडाउनको गाइडलाइन पालना गर्दै खेलाडीको प्रशिक्षणका लागि सरकारसँग अनुमति माग गरेको थियो ।तर, लकडाउन खुकुलो पारेपनि सरकारले खेलक्षेत्र बन्द रहने बताईसकेको छ ।

Share.

Leave A Reply