play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

कोलम्बियामा डुंगा डुब्दा कयौं यात्री बेपत्ता

0

असार १२ । उत्तरपश्चिम कोलम्बियामा एउटा डुंगा डुब्दा कयौं यात्री बेपत्ता भएका छन् । अधिकारीहरुका अनुसार ९ जनाको शव फेला परेको छ ।

उक्त डुंगामा करिब एक सय ५० यात्री सवार थिए । डुंगामा सवार यात्रीमध्ये अधिकांश पर्यटक रहेको बताइएको छ । तर उनीहरु कुन–कुन मुलुकका थिए भन्नेबारे प्रष्ट भइसकेको छैन ।

मेडलिन सहर नजिकै सो दुर्घटना भएको हो । केही यात्रुको भने उद्धार गरिएको छ ।

Share.

Leave A Reply