play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कर फरछ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाललाई पक्राउ गर्न फेरि ताकेता

0

असार १२ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुछिएका कर फरछ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउ गर्न फेरि ताकेता गरेको छ ।
अख्तियारले महत र ढकालको फोटोसहितको सूचना पत्रिकामा निकालेर उनीहरुलाई देख्ने वा फेला पार्ने जोसुकैलाई आयोगको हटलाइन १०७ वा नजिकको प्रहरी कार्यालयमा सूचना दिन अनुरोध गरेको हो । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको पालामा गठन भएको कर फर्छ्यौट आयोग, २०७१ का पदाधिकारीले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा अख्तियारले सदस्य चुडामणि शर्मालाई जेठ १९ जेठमा पक्राउ गरेर थुनामा राखेको छ ।
त्यसलगत्तै महत र ढकाललाई पनि अख्तियारमा उपस्थित हुन सूचना निकाले पनि उनीहरु अनुपस्थित रहेकाले अख्तियारले सूचना निकालेर उनीहरुलाई सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ ।

Share.

Leave A Reply