play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नारायणगढ–मुग्लिन सडक खण्ड भोलीदेखि दिउँसोमा बन्द नहुने

0

असार ११
दैनिक ६ घण्टा सवारी रोकिदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड भोली (सोमबार) देखी नियमित संचालनमा आउने भएको छ । आज भरतपुरमा बसेको सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । वर्षातको समय पटक–पटक पहिरोले सडक अवरुद्ध भएपछि निर्माण काम समेत प्रभावित भएको छ । सडक निर्माण कार्य प्रभाबित भएका कारण दिउँसोको समयमा सवारी नरोकिने प्रजिअ भट्टले जानकारी दिए । रातको समयमा आवागमन रोकेर सडक निर्माण गर्ने बिषयमा छलफल भएपनि तत्काल निर्णय नगरिएको उनको भनाई छ । जिल्ला ट्राफिक प्रहरीको संयोजनमा रातको समयमा सडक निर्माण गर्ने सक्ने विषयमा अध्ययन गरी ३ दिनभित्र सडक निर्माण आयोजनालाई प्रतिबेदन बुझाउन आग्रह गरिएको उनको भनाई छ । प्रतिबेदनका आधरमा रातको समयमा सवारी रोक्ने विषयमा निर्णय गरिने उनले बताए ।

आज बसेको बैठकले सडक निर्माणको प्रक्रिया अबलोकनका लागी ईच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङको संयोजकत्वमा अनुगमन समिती समेत गठन गरेको छ । त्यस्तै सडकखण्डको २ ठाउँमा आर।आर।टी। रायपिड, रेस्पोन्स टिम राख्ने, निर्णय समेत गरेको छ । छलफल कार्यक्रममा आयोजनाका इन्जिनियर शिब खनालले भौतिक निर्माण कार्यको ६८ दशमलब ५५ प्रतिशत काम सक्नुपर्ने भएपनी हालसम्म ५० दशमलब ९४ प्रतिशत मात्रै काम समपन्न भएको जानकारी दिए ।

साथै सडकखण्डमा २९ वटा ठाउ पहिरो प्रभाबित क्षेत्र रहेको बताए । बिशेषगरी जलविरेदेखी मुग्लिन सम्मको ७ किलोमिटर क्षेत्र पहिरोको उच्च जोखिममा रहेको उनले जानकारी दिए । ३ खण्डमा निर्माण कार्य गरिएको आयोजनमा ३ सय ४१ जना जनशक्ति परिचालन भएको जानकारी दिए । छलफलमा सहभागी निर्माण कम्पनीका प्रतिनिधीहरुले कटिङको कामसक्न अझै ४र५ महिना समय लाग्ने बताएका छन् । पछिल्लो सम्झौता अनुसार आगामी डिसेम्बरसम्ममा निर्माण कार्य सक्नुपर्ने भएपनि नसकिने उनीहरुको भनाई छ ।

बैठकमा बोल्दै इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङले आबश्यक जनशक्ति र उपकरणहरु थपगरी निर्माण कार्यलाई प्रभाबकारी बनाउन आग्रह गरेकी छन् । त्यस्तै भरतपुरमहानगपालिका वडा नम्बर २९का वडा अध्यक्ष मानबहादुर रानाले निर्माण कम्पनीलाई जिम्मेवार भएर कामलाई अधि बढाउन आग्रह गरे ।

निर्माण कम्पनीले हाल गरिरहेको काम चित्तोबुझ्दो नभएको भन्दै ध्यानाकर्षण समेत गराएका थिए । बैठकमा सहभागी सरोकारवालाहरुले आबश्यक जनशक्ति र उपकरणहरु थपगरी निर्माण कार्यलाई प्रभाबकारी बनाउन आग्रह गरेका छन् ।

Share.

Leave A Reply