play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

पहिरोमा वेपत्ता भएका एक प्रहरी जवानको शव भेटियो, एक अझै वेपत्ता

0

असार ११ ।
चितवनको कालीखोलामा गएको पहिरोका कारण हराइरहेका दुई प्रहरी जवानमध्ये एकजनाको शव भेटिएको छ । पहिरोमा परेर वेपत्ता भएका दुई प्रहरी जवानमध्ये लीलबहादुर चेपाङको शव भेटिएको हो ।
नवलपरासीको देवचुली नगरपालिका वडा नं १७ स्थित नारायणी नदी किनारमा प्रहरीको टोलीले शव भेटेको हो । अन्य एकजना अझै वेपत्ता छन् ।
चितवनकै इच्छाकामनाको चारकिलो भन्ने ठाउँमा गएको पहिरो पन्छाएर फर्किने क्रममा कालीखोलामा प्रहरी चढेको भ्यान बगाउँदा प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवानहरु दिपक मास्के, सन्दिप कार्की, लीलबहादुर चेपाङ वेपत्ता भएका थिए । अहिलेसम्म तीन जनाको शव भेटिएपनि प्रहरी जवना सन्दिप कार्कीको शव भेटिएको छैन ।

Share.

Leave A Reply