play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

चितवनका ६ सहकारीले चिलिङ्ग भ्याट निमार्ण गर्दै , स्वतन्त्र रुपमा काम गर्न दिन आग्रह

0

सिनर्जी डेक्स, २४ गते ।
भरतपुर ।

चितवनका ६ वटा सहकारीले एकै साथ आफुहरुले निमार्ण गर्न लागेको चिलिङ्ग भ्याटको काममा अनावश्यक रुपमा एक इन्जिजियरिङ्ग कम्पनीले बदनामी गराउन खोजेको बताएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा वागमति प्रदेश पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय हेटौडाबाट खैरहनी ३ को श्री एकता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड , कालिका ८ को उत्थान दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, भरतपुर २२ को जनज्योति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड , रत्ननगर १३ को जिवनधारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड , भरतपुर ६ को देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र खैरहनी १० को महाकाली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई ५० प्रतिशत अनुदान सहयोगमा चिलिङ्ग भ्याट प्रप्त भएको थियो । सहकारीहरुले ह्वाइट हिमालयन इन्जिजियरिङ्गले आफुहरुको बारेमा कपोकल्पीत रुपमा विज्ञप्ती जारी गर्दै सहकारीको बदनामी गराउन खोजेको भन्दै घोर भर्सना गरेका छन् । श्री एकता दुग्ध उत्पादक सहकारीका अध्यक्ष ढलक कुमार लामा, उत्थान दुग्ध उत्पादक सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद ढुंगाना, जनज्योति दुग्ध उत्पादक सहकारीका अध्यक्ष भिमनाथ पौडेल, जिवनधारा दुग्ध उत्पादक सहकारीका अध्यक्ष शान्त दुवाडी, देवनगर दुग्ध उत्पादक सहकारीका अध्यक्ष चन्द्रकान्त तिमिल्सेना र महाकाली दुग्ध उत्पादक सहकारीका अध्यक्ष नवराज उप्रेतीले हस्ताक्षर गनुभएको विज्ञप्तीमा अनुदान प्रप्त दुग्ध उत्पादक सहकारी संस्स्थाहरुले नियम अनुसार कोटेशन माग गरि आवश्यक प्रक्रिया पुरा सम्बन्धित सप्लार्यस संग कार्य शुरु गर्न लागेको बताएका छन् । उनीहरुले स्वतन्त्र पुर्वक सहकारीले नियमामा वसेर गरिएको काममा दवाव सिर्जना नर्गन समेत विज्ञपती मार्फत अनुरोध गरेका छन् ।

Share.

Leave A Reply