play_circle_outline On Air

गितसंगीत

play_circle_outline On Air

गितसंगीत

व्यवसायीको चेतावनी पछि सरकार हच्कियो:संघको बेवास्ताले प्रदेश संकटमा

0

जेठ २२, उद्योगी व्यवसायीहरुले आजबाट लकडाउनको उल्लंघन गर्ने भन्दै मुख्य शहरहरुमा पसलहरु खोल्न थालेपछि उपत्यकामा रहेका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आकस्मिक वैठक पनि बसेको छ ।तर, अन्य स्वास्थ्य पूर्वाधारहरुको तयारी नगरी लकडाउनलाई खुकुलो बनाउदा बाह्य जिल्लाहरुमा जस्तै काठमाडौँ उपत्यका पनि जोखिममा पर्न सक्ने देखिएको छ ।भविश्यमा आउने जोखिमलाई ध्यानमा राखेर संकटकालिन प्रस्ताव तयार पारेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितहरुको अवस्था हेर्दा प्रदेश सरकार र स्थानीय तहहरुलाई व्यवस्थापनमा मात्र हैन, आर्थिक संकट टार्न पनि समस्या परेको छ । यसै सेरोफेरोलाई लिएर निजि क्षेत्रका स्वास्थ्य संस्थालाई कसिकसाउ गर्न स्वास्थ्य मन्त्रालयले संकटकालको प्रस्ताव मन्त्रिपरिषदमा पठाएको धेरैको अनुमान छ ।यता, स्वास्थ्य मन्त्रालयकै अधिकारीहरुले पनि स्वास्थ्य संकटकालका लागि आवस्यक उपकारण नपुग्ने बताएका छन् ।


अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पारित नभएकै अवस्थामा कर तिर्न ताकेता गर्नुले पनि व्यवसायी लकडाउनको अवज्ञामा उत्रिएका हुन् ।व्यवसायीहरुले सामाजिक दुरी कायम गरी पसल खोल्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यलयहरु पनि समस्यामा परेका छन् ।तर, पसल खोल्नु भनेको अखडामा गएर लडाई गर्ने मनसाय आफुहरुको नभएको व्यवसायीहरु बताउछन् ।
यता, उपत्यका लगायतका ठाउँहरुमा धमाधम पसल खोल्न थालेपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा काठमाडौँ, ललितपुर र भक्तपुरका सिडियोहरुको आकस्मिक बैठकले लकडाउनलाई सहजिकरण गर्नुपर्ने सुझाव पठाउदै सरकारको निर्णय अनुसार कार्यक्रम बनाउने सहमति गरेका छन् ।प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि व्यवसायीहरुसंग छुट्टछुट्टै छलफल भएको छ ।
पछिल्लो समयमा सरकारले कोरोना संक्रमण तर्फ मात्रै ध्यान दिदा अन्य रोगका विरामीहरु थप मारमा परेका छन् ।एक जिल्लाबाट अर्को जिल्लामा विरामी लान सक्ने अवस्था नभएकाले जिल्लान्तर यातायातको व्यवस्था पनि गर्नुपर्ने माग प्रदेशहरुले गर्न थालेका छन् ।लकडाउन सहज बनाएर आर्थिक क्रियाकलापलाई अगाडी नबढाए भोली सरकारले थेग्नै नसक्ने भोकमरी आउने चेतावनी विपक्षी दलहरुको छ ।
संघीय सरकारले पर्याप्त परिक्षण सामाग्री र स्वास्थ्य सामाग्रीहरु पठाएको दावी गरिरहेकै बेला कोरोना संक्रमण सवैभन्दा ठूलो मारमा कर्णाली प्रदेश परेको छ ।कर्णालीमा स्वास्थ्य सामाग्रीहरु खरिद गर्न रकम अभाव भइरहेको बेला त्यहाँका सभामुखले करोडौको गाडी खरिद गरेका छन् ।केन्द्रदेखि सुरुभएको असामान्य अवस्थाको भ्रष्टाचारले तलै सम्म प्रश्रय पाउदा समेत कारवाही नभएपछि सांसदहरुले प्रदेश सरकारलाई सरकार छोड्न समेत चेतावनी दिएका छन् ।

Share.

Leave A Reply