वाग्मती प्रदेश सरकारले एक वर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने

0

जेठ २२, वाग्मती प्रदेश सरकारले प्रदेशलाई एक वर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने भएको छ । प्रदेशले स्थानीय तहहरुसँग समन्वय तथा सहकार्य गरी सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने योजना अघि सारेको हो । हालै प्रस्तुत आव २०७७÷७८ को नीति तथा कार्यक्रममा आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहको शिक्षा निःशुल्क पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्न आगामी आर्थिक वर्षमा ‘साक्षर वाग्मती प्रदेश’ घोषणा गरिने उल्लेख छ ।राष्ट्रिय नीति तथा मापदण्डको आधारमा प्रादेशिक शिक्षा ऐन, नियम तथा कानूनी र संस्थागत संरचना निर्माण गरी विद्यालय तथा शिक्षक कर्मचारीको सेवा शर्त र सुविधाको सञ्चालन तथा अभिलेख व्यवस्थापन र माध्यमिक शिक्षा कक्षा १० को परीक्षा सञ्चालन, व्यवस्थापन र प्रमाणीकरणलाई प्रदेशबाट नै सञ्चालन गर्ने व्यवस्था मिलाउने सो कार्यक्रममा उल्लेख छ ।रासस

Share.

Leave A Reply