play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

माडी क्षेत्रमा अबरूद्द बिद्धुत सेवा असार महिना भर सुचारु नहुने देखिएको

0

असार ९, माडी क्षेत्रमा अबरूद्द बिद्धुत सेवा असार महिना भर सुचारु नहुने देखिएको छ / निकुन्ज क्षेत्रको भूमिगत तार बिच्छाएको ठाउमा समस्या देखिए पछी माडीमा बिगत ५ दिनदेखि विद्युत् सेवा अवरुद्ध छ । चितवन राष्ट्रिय निकुञ्जभित्रबाट लगिएको भूमिगत तार प्रणालीमा समस्या आएपछि असार ५ गतेदेखि विद्युत् सेवा अवरुद्ध बनेको हो । माडी विद्युत् सबस्टेशनका ईञ्चार्ज तथा इलेक्ट्रिकल सुपरभाइजर आनन्द कुँवरले समस्या रहेको क्षेत्र फेला पारिएको जानकारी दिनुभयो । समस्या बारे भारतीय कम्पनीलाइ जानकारी गराइसकेको उंहाले बताउनु भयो / निर्माण कम्पनीका मेनेजर जगदीश जोशीले सो लाइन मर्मतका लागि दिल्ली बाट समान मगाउनु पर्ने र समान मगाउन करिब १५/ २० दिन लाग्ने हाम्रा माडी सम्बादाता सुर्य पाठक लाई जानकारी दिनु दिनु भयो / त्यसपछि मर्मत गर्दा असार भर लाग्ने उंहाले बताउनु भयो /विद्युत् प्रशारणको सफल परीक्षणपछि झण्डै ७ महिनापछि फेरि समस्या बल्झिएको छ । सो क्षेत्रमा तार बिच्छ्याउने काम भारतीय कम्पनी ले गरेको हो /

Share.

Leave A Reply