play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

सरकारले आत्मनिर्भर बन्दै गरेको पोल्ट्रिलाई प्रभाव पार्ने गरी कर बढायो –दाना उद्योग संघ

0

सिनर्जी डेक्स , जेष्ठ २२ गते ।
भरतपुर ।
नेपाल दाना उद्योग संघलेले सरकारले दानाको मुल्य बढ्ने गरी आयतीत मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिसत कृषि सुधार शुल्क तथा भन्सार दर कायम गरिए भन्दै आपति जनाएको छ । संघले विज्ञप्ती मार्फत देशको उत्पादन मकै र भटमासको पिना मानिसलाई मात्र पुग्ने अवस्था पनि १.६ प्रतिशत कृषि सुधार शुल्क बाट आप्रत्यासी रुपमा बढाएकोमा विरोध जनाएको हो ।
नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीका अनुसार कुखुरा, अण्डा र मासुमा आत्मनिर्भर बनाउदै आईरहेको कुखुरापालन ब्यवसाय बाटनै किसान बिस्ताबित हुनुपर्ने गरी भन्सार शुल्क राखिएको बिरोध गरीएको बताए । यस व्यवसायलाई जिवित राख्न बिगत बर्षहरूमा तथा तत्काल वृद्धि गरिएको कृषि सुधार शुल्क तथा भन्सार दर घटाएर १ प्रतिसत मात्र राख्न उनको माग छ । यदि नघटेमा दानाको मुल्य वृद्धि हुने र यसको प्रभाव किसान देखि उपभोक्ताको भान्सा सम्म पुग्ने उनी बताउछन् ।
नेपालमा देशभर १ सय ११ दाना उद्योग छन । यहाँ सामान्य अवस्थामा दैनिक ३२ सय टनसम्म कुखुराको दाना खपत हुँदै आएको छ । अध्यक्ष पुरीका अनुसार मुलुक पोल्ट्रीमा आत्मनिर्भर बन्दै गरेको भए पनि मकै, भटमास, ढुटोलगायतका सबै कच्चा पदार्थ भारतबाट आयात गनुको बिकल्प छैन । नेपालमा अहिले अत्याधुनिक मेसिन जडितसहितका २० करोडदेखि ७० करोडसम्मको लगानी भएका कुखुराका दाना उद्योग सञ्चालनमा छन ।

Press Release 2077

Share.

Leave A Reply